सुनकोशीमा बेपत्ता सिटिइभिटीका कर्मचारी अझै भेटिएनन्
सिन्धुली | जेठ २०, २०८०
सिन्धुली: सिन्धुलीको गोलन्जोर गाउँपालिकास्थित लौकुन नभघाटमा जिपसहित सुनकोशी नदीमा खस्दा बेपत्ता भएका तीन जनाको खोजी कार्यका लागि शनिबार बिहानदेखि गोताखोर टोली परिचालन गरिएको छ ।
भक्तपुरबाट खोटाङतर्फ जाँदै गरेको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)को बा १ झ ७४६७ नं स्कार्पियो जिप शुक्रबार मध्येपहाडी लोकमार्गको खुर्कोट–घुर्मी खण्डअन्तर्गत उक्त ठाउँमा दुर्घटना भई सुनकोसी नदीमा खस्दा गाडीमा सबार चारमध्ये तीन जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
बेपत्ता हुनेमा तनहुँ भानु नगरपालिका–९ घर भई सिटिइभिटीको सानोठिमीस्थित कार्यालयका प्रशासन शाखाका निर्देशक सहसचिव ५७ वर्षीय कृष्णबहादुर केसी, पूर्वी नवलपरासी प्रगति नगरपालिका–७ का घर भई हाल योजना महाशाखाका निर्देशक ५६ वर्षीय यमप्रसाद घुर्तेल र इलाम फुयतया नगरपालिका–५ घर भई हाल विद्युत प्रशिक्षकका रूपमा कार्यरत ३२ वर्षीय भानु पौडेल छन् ।
चालक दाङ राप्ती गाउँपालिका –६ का ३१ वर्षीय कृष्ण चौधरी पौडी खेली बाहिर निस्कन सफल भएका थिए भने उनको शुभ जीवन अस्पताल खुर्कोटमा उपचार भइरहेको छ । बाँकी तीन जना अझै बेपत्ता छन् ।
प्रहरी उपरीक्षक राजकुमार सिलवालका अनुसार सशस्त्र प्रहरीको गोताखोर टोलीले शुक्रबार साँझ खोजी गरेको थियो । सुनकोसीमा जिप झरेको स्थानको सय मिटर आसपासमा खोजी गर्दा पनि फेला नपरेको प्रहरी उपरीक्षक सिलकालले जानकारी दिए ।
उनले भने, ‘‘सुनकोसी नदीमा खसेको उक्त जिप अहिलेसम्म भेटिएको छैन । पानीको बहाव धेरै भएकाले दुई वटा एक्स्काभेटर लगाई पानी थोरै डाईभट गर्दै काम गर्न लागेको छ । आर्मीको टोलीसँग पनि समन्वय भइरहेको छ ।’’
काठमाडौं: सरकारले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसँग सम्बन्धित जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्...
काठमाडौं: आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना, २०८२’ निर्माण गरी सुरक्षा व्यवस्था चुस्त बनाउन थ...
मुस्ताङ: यहाँका वारागुङ मुक्तिक्षेत्र–३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल विद्युत् प्राधिकरणअन्तर्गत नवलपुर ग्रामीण...

